सप्तरीका दुई वडा सिल गरिने 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २०:२१
;

सप्तरीका दुई स्थानीय तहका दुई वडा सिल गरिने भएको छ । दिल्लीबाट फर्किएका दुई जना जमातीको र्‍यापिड टेष्टमा रिर्पोट पोजेटिभ आएपछि खड्क नगरपालिकाको वडा नम्बर– ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर– १ लाई सिल गरिने भएको हो ।

आज बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले ती दुई स्थानिय तहका दुई वडा सिल गर्ने निर्णय गरेको हो ।  आज बसेको बैठकले एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि कोरोना परिक्षण गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने गर्ने निर्णय गरेको छ । 

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई र्‍यापिड टेष्ट गराएपछि  दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको. थियो । पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*