छोरीलाई हेला भन्दै सम्धी र सम्धिनीमाथि खुकुरी प्रहार, वाइबा पक्राउ
सिन्धुलीमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–५ अपजसे टोलका ४९ वर्षीय मानबहादुर वाइबा रहेका छन् ।
आफ्नी छोरीलाई हेला गरेको विषयलाई लिएर सम्धी र सम्धिनी नाता पर्ने २ जनालाई खुकुरी प्रहार गरी घाईते बनाएको आरोपमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले वाईबालाई पक्राउ गरेको हो।
घाइते दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।