घुम्ती परीक्षण शिविर चलाऊन सरकारलाई कांग्रेसको आग्रह
नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमित पत्ता लगाउन घुम्ती शिविर चलाउन सरकारसँग आग्रह गरेको छ । बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने रहेछ भने भयावह स्थिति निर्माण हुनसक्ने बताउँदै यसका लागि घुम्ती स्वास्थ शिविरको शैलीमा समुदायमा परीक्षण पु¥याउनुपर्ने कांग्रेसले बताएको छ ।
लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरु मध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै कांग्रेसले यस्तो बताएको हो ।
यसका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तीनै तहको सरकारलाई अपील गर्दछ ।’










