आरडीटी परीक्षणको क्रममा चितवनमा एकजनाको रिपोर्ट पोजेटिभ 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २१:३९
;

चितवनमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ । रत्ननगर– १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत गरिएको परीक्षणमा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो ।

बिदेशबाट आएका ३९ जना को आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको थियो । ती मध्ये एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर पु¥याएको अस्पतालको स्रोतले जनाएको छ । 
फागुन ३० गते कोरियाबाट नेपाल आएका उनी १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।

अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाइएको छ ।  उनको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*