सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको रिपोर्ट नेगेटिभ 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २१:५९
;

काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।उक्त अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमित देखिएसँगै बुधवार गरिएको र्‍यापिड टेष्टमा सबैजनाको रिपोर्ट नेभेटिभ आएको जनाइएको छ ।

बुधवार बिहान ९ बजेदेखि  उक्त अपार्टमेन्टमा स्वास्थ्य मन्त्रायलबाट परीक्षणका लागि टोली खटिएका थिए । साथै परिक्षण गर्दा ब्लक ए मा रहेका सबैको नतिजा नेगेटिभ आएको थियो ।

त्यहा रहेका एकै परिवारका ३ जनामा गत कोरोना संक्रमणको आशंकामा पाटन हस्पिटल लगिएको थियो भने १ जनाको अन्य परिक्षण भइरहेको स्रोतले जनाएको छ । आज गरिएको परीक्षणमा उनीहरुको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ देखिएको जनाइएको छ ।

त्यहाँको स्थानीय प्रशासनका अनुसार करिब ३ सय जनाको परीक्षणा गरिएको थियो । भने बाँकी रहेका मानिसहरुको भने भोलि परीक्षण गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*