नेपालमा जानीजानी कोरोना भाईरस सारे १० वर्ष कैद, १ लाख जरिवाना

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २२:०४
;

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस नेपालमा पनि फैलिन सुरु भएको छ । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बढाएर वैशाख १५ सम्म कायम राख्ने निर्णय गरेको छ ।

सरुवा रोग भएकाले मानिसहरु एकअर्काबाट केही मिटरको दूरीमा बस्ने गरेका छन् । नेपालको कानुनअनुसार यस्ता किसिमका सरुवा रोग फैलाए/सारे १० वर्ष जेल सजाय तोकिएको छ ।

कोरोना जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ ।

साभारः काठमाडौंपाटी

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*