पोखराका ५५ वर्षीय महिलामा पनि र्आरडीटी परीक्षण पोजेटिभ देखियो 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २२:१४
;

पोखरामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्ने क्रममा एक महिलामा पोजेटिभ नतिजा देखिएको छ । 

पोखरा महानगरपालिका–१२, ढिकालेथरकी ५५ वर्षीय महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको जनाईएको छ ।  

उनी २७ दिनअघि मात्रै दुबईबाट फर्केको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिएका छन् ।  उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने जानकारी दिएका छन् ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो ।

पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*