एसीबाट समेत कोरोना सरेको खुलासा 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २२:२९
;

चिनमा गरिएको एक अध्ययनमा एयरकन्डिसनिङ ९एसी० बाट समेत कोरोनाभाइरस सरेको पाइएको छ । रेस्टुराँमा बसेका मानिसहरूमा एसीमार्फत संक्रमण भएको अध्ययनमा देखिएको हो ।

अमेरिकाबाट प्रकाशन हुने इमर्जिङ इन्फेक्सियस डिजीजेज जर्नलमा प्रकाशित अध्ययनमा यो कुरा पत्ता लागेको हो । 

चीनको क्वाङ्चोमा रहेको एक रेस्टुराँमा एकै समयमा खाना खाइरहेका १० जना कोभिड–१९ संक्रमितहरूमाथि अध्ययन गरिएको थियो ।

पहिलो संक्रमित वुहानबाट आएका थिए र उनले जनवरी २४ मा झ्याल नभएको रेस्टुराँमा लन्च खाएका थिए । त्यतिखेर उनीसँग अन्य दुई परिवारका सदस्य पनि नजिकैको टेबलमा बसेका थिए । 

ती पहिलो रोगीलाई त्यही दिन ज्वरो र खोकी लागेको थियो भने परिवारका अन्य सदस्य फेब्रुअरी ५ मा संक्रमित भए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*