१५ हजार ८ सयको कोरोना परिक्षण,  कोरोना संक्रमितको परिचय नखुलाउन आग्रह 

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २३:०१
;

नेपालमा अहिलेसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने ¥यापिड किटबाट ८ हजार ९ सय २९ वटा परीक्षण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरिएको छ । ¥यापिड किटबाट गरिने परीक्षण अब १४ जिल्लामा विस्तार गर्न बाँकी रहेको उनले बताए । 

देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यसैगरी मोबाइल एप्स र वेवसाइटबाट पनि स्वास्थ्य परीक्षणको स्वः मूल्याङ्कन गर्नेको संख्या १७ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले कोरोना पोजेटिभ आएका व्यक्तिको परिचय नखुलाइदिन पनि संचारमाध्यमलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*