सिकारका लागि निस्केका ४ जना पक्राउ

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २३:१२
;

रुपन्देहिमा सिकारका लागि निस्केका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  कंचन गाउँपालिका वडा नं.५ भैसाहिका ६९ वर्षीय बान्छु थारु, ५० वर्षीय सुकइ थारु, २८ वर्षीय प्रभु थारु र ३० वर्षीय राजकुमार थारु रहेका छन् । 

 ११ थान जंगली जनावरलाई पासो थाप्ने जालसहित कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं– १० वनकट्टीबाट  वन सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।

सामुदायिक वन क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको पक्राउ गरिएको सब डिभिजन कार्यालय पिपराका सहायक वन अधिकृत खिलबहादुर तामाङ्गले बताएका छन् ।  

पक्राउ परेका  ४ जना सब डिभिजन पिपराको नियन्त्रणमा रहेको थप अनुसन्धान भइरहेको जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*