अमेरिकामा एकैदिन झण्डै २५ सयको मृत्यु, ३० हजार बढी कोरोना संक्रमित थपिए
कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय २६ पुगेको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ । सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ ।
न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ । अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन् । अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ ।