एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने तयारी, तीनदिन भित्र परीक्षा केन्द्रबारे जानकारी गराउन आग्रह
माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।
बोर्डले ३ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगानाः (एस एल सी ओ सी इ एट हट मेल डटकम) मा पठाउन आग्रह गरेको छ । कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।
सरकारले कोरोना भाइरसको जोखिम बढे सँगै सँगै चैत्र ६ गते देखि तय भएको एसईई परिक्षा स्थगित गरेको थियो ।











