आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ, पीसीआर परीक्षणमा नेगेटिभ

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १३:३५
;

चितवनमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएको एक व्यक्तिको पीसीआरबाट भने नेगेटिभ रिर्पोट आएको छ । रत्ननगरका एक व्यक्तिको स्वाबबाट पीसीआर परीक्षण भने  नेगेटिभ देखिएको हो ।  

कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनको गुञ्जमान सिंह हस्पिटलमा र्यापिड टेष्ट गरिएको थियो । र्यापिड टेष्टमा भने उनको कोरोना पोजेटिभ देखिएको थियो ।

हिजो बैशाख ३ गते भरतपुरको कोभिड–१९ प्रयोगशालामा पठाइएको सबै रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । प्रयोगशालामा पठाइएका २८ टेष्ट नेगेटिभ आएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*