नर्ससहित परिवारका तीन जनामा कोरोना संक्रमण
दार्जिलिङमा कोरोना संक्रमितको उपचारमा खटिएको नर्ससहित एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
उनी उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलकी स्वास्थ्यकर्मी (नर्स) हुन् । उनकी आमा र पतिमा पनि संक्रमण देखिएको छ ।
यद्यपि यी नर्सका दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको छ । अहिले संक्रमित तीनैजना सिलगढ़ीको मतिगढ़ास्थित डा.च्याङ सुपर स्पेशालिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।
स्मरण रहोस्, यी नर्स कोरोना भाइरसकै कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी थिइन् । ती महिलाकै सम्पर्कमा आएपछि उनी कोरोना संक्रमित बनेको अनुमान गरिएको छ ।
उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटल सूत्रका अनुसार नर्सका पतिको रिपोर्ट मंगलबार र आमाको रिपोर्ट बुधबार पोजिटिभ आएको हो।