कस्तो रहला आज बिहीबारको मौसम ? 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १४:०२
;

नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको  छ ।बिहीबार बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमाा महाशाखाले जनाएको छ । 

देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानले जनाएको छ । 

यसैगरी, राति भने  देशभर आंशिक देखि सामान्य बदली  रहने र  देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*