ट्याक्टर दुर्घटना हुँदा बोगटीको मृत्यु
हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १४:१९
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका– २ को बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा कैलाश बोगटीको मृत्यु भएको हो ।
खुल्लेकबाट दिपायल आउँदै गरेको से २ त ३५४३ नम्बरको ट्याक्टर गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० दिलीपसिंह देउवाले जनाएको छ ।