कोरोनाबाट एक गर्भवती नर्सको मृत्यु, मृत्यु भएलगत्तै शल्यक्रिया गरी बच्चा निकालियो
बेलायतमा कोरोना संक्रमणबाट एक गर्भवती नर्सको मृत्यु भएको छ । त्यस लगत्तै आइतबार उनको निधन भए लगत्तै आकश्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा शकुशल निकाल्न डाक्टर सफल भएका हुन् ।
विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन भएको हो ।
उनलाई अप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो । नवजात शिशुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाइएको छैन ।
मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्।
मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ ।
नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।










