बन्दै गरेको पक्कि पुल फेरी भत्कियो
गुल्मीमा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल फेरी भत्किएको छ । बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको भत्किएको हो ।
पुलको हालसम्म तल्लो भागसम्म ढलान भएको थियो । पुल पूर्ण निर्माण हुन आवश्यक अधिकाशं काम सकिन लागेको बेला बाढीले बगाएको स्थानीयले जनाएको छ ।
अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो । भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो ।
बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ ।