वीरेन्द्रनगरमा पाहुना तथा नातेदारहरुलाई घर प्रवेशमा रोक

४ बैशाख २०७७, बिहीबार १५:२९
सुर्खेतको वीरेन्द्रनगरमा लकडाउन अवधिभर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइएको छ ।
नगरपालिका क्षेत्रमा विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने नातेदारहरुलाई घरमा प्रवेशमा रोक लगाँउने निर्णय नगर कार्यपालिकाले गरेको हो ।
कार्यपालिकाको बुधबार बसेको बैठकले विभिन्न जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।