अस्पतालले भर्ना लिन नमानेपछि अमेरिकामा एक नेपालीे मृत्यु 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १५:४०
;

कोरोना संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।  अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल कोरोनाको संक्रमणबाट मृत्यु भएका जनाइएको छ । 

अस्पतालले भर्ना लिन नमानेपछि उनी कोठामा फर्किएका थिए । गएको ३ हप्तादेखि बिरामी रहेका उनको न्यूयोर्क उडसाइडमा बुधबार मृत्यु भएको हो ।

उनको नेपालमा श्रीमती र दुई छोरी  छन् । उनले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँने गरेको बताइएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*