चिकित्सकमाथि कुटपिट गर्ने डीएसपीलाई जिम्मेवारीबाट हटाइयो, छानविन समिति गठन 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार २०:२५
;

चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । 

गएराति काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका  चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत समेत गरेको समाचार प्रकाशित भएको छ । 

सो घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।  

कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*