किरिया पुत्रीलाई क्वारेन्टाईनमा नराख्न गृहको निर्देशन
आमा बितेपछि भारतको क्वारेन्टाइनमा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
क्वारेन्टाइनमा रहेका शैल्यशिखर नगरपालिका–१, दार्चुलाका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।
आमाको मृत्यु भएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई निर्देशन दिइएको बताएका छन् ।
वासुदेवकी आमा मंगलबार बितेकी थिइन् । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलामा क्वारेन्टाइनमै कोरामा बसेका छन् ।