एनएचएसमा कार्यरत २७ स्वास्थ्य कर्मचारीको कोरोनाबाट मृत्यु
बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) मा कार्यरत २७ स्वास्थ्य कर्मचारीको नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले बिहीबार बताएका छन् ।
उनले एनएचएसका कर्मचारीको निधन 'निकै हृदयविदारक' भएको बताएका छन् । सोमबार एनएचएसका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।
बेलायत सरकारले एनएचएसमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी, उनीहरुको परिवार र परिवारको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना जाँच गर्ने क्रम तीव्र बनाएको छ ।
बेलायतमा हालसम्म नोभेल कोरोना भाइरसको संक्रमणबाट करिब १३ हजारको अस्पतालमा मृत्यु भएको छ भने ९८ हजार ४७६ संक्रमित भएका छन् ।
स्रोतः १२खरी











