आधारभूत वर्गको हितमा काम गर्न मन्त्री अर्यालको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन्।
बिहीबार मन्त्रालयमा आयोजित नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले सरकारको उचाइ बढाउने हिसाबले काम गर्न निर्देशन दिएकी हुन् । बैठकमा उनले आयोगका पदाधिकारीहरुलाई शुभकामना दिँदै भनिन्, तपाईंहरुको भूमिका निम्न वर्गहरुको हित पहिलो प्राथमिकता हुनुपर्छ।
विगत सात दशकदेखि निम्न वर्ग समस्यामा रहेको भन्दै उनले ती आधारभूत वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताइन् । सरकार सुशासनको पक्षमा सुरुदेखि रहँदै आएको भन्दै उनले सरकारको उचाइ बढाउने हिसाबले काम गर्न आग्रह गरेकी छिन् ।