भिड जम्मा गरी सामाजिक दूरीको वेवास्ता गर्दै गाँउपालिकाद्वारा राहत वितरण

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार २२:०३
;

धनुषाको एक स्थानीय तहले राहत वितरणका क्रममा ठूलो भिड लागेको छ । धनुषाको औरही गाउँपालिका ६ को स्थानीय शंकर जनता माध्यमिक विद्यालय परिसरमा राहत लिनेको ठूलो भिड लगाई सामाजिक दूरीको समेत ख्याल नगरी गाँउपालिकाले राहत वितरण गरेको हो । 

प्रदेश सरकारको निर्देशिकामा राहत हस्तान्तरण गर्दा लक्षित समूहका सदस्यको भौतिक दूरी न्यूनतम ३ फिट कायम गरिने उल्लेख गरिएको छ ।

राहत वितरण स्थलमा सेनिटाइजर, साबुन पानी अनिवार्य रुपले राख्नुपर्ने, राहत अनुदान बुझ्नुअघि र पछि समेत हात धुनुपर्ने नियम बनाइएको छ । तर यहाँ कुनै पनि नियमको पालना गरिएको छैन ।

वडा अध्यक्ष साह भने राहतको सूचीमा नाम नभएका व्यक्तिले घुइँचो लगाएको बताए । उनले वडाको २ सय ७ विपन्न परिवारलाई राहत दिन सूची तयार गरेको र त्यसमध्ये बिहीबार १ सय ९३ जनालाई राहत वितरण गरिएको बताउँदै विपन्न नभएका व्यक्तिले बलजफ्ती रुपमा भिड बढाएको बताए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*