छोरीको विहेमा भोजभतेर गर्दै गाँउपालिका अध्यक्ष 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार २२:१७
;

महोत्तरीका एक गाउँपालिका अध्यक्षले लकडाउनको समयमा आफ्नो छोरीको विवाहमा ठूलो भिड र भोजभतेर गरेका छन् ।

देश लकडाउनको अवधिमा रहेको बेला महोत्तरीको महोत्तरी गाउँपालिकाका अध्यक्ष सुनिल रायले आफ्नो छोरीको विवाहमा बिहीबार तय भएको र त्यसअघि बुधबार गरिएको मटकोर विधिमा ठूलो भोज भतेर गरेका छन् । गाँउपालिका अध्यक्षले आफ्नो परम्परा अनुसार मटकोर र भोजभतेर गरेका हुन् । 

यसरी लकडाउनको पालना गराउने व्यक्तिले नै  लकडाउनको अवज्ञा गर्दा आफूहरुलाई समस्या परेको प्रहरीहरु बताउछन् । स्थानीय सरकारले नै सरकारको निर्देशन पालना नगर्नुले आम नागरिकमा कस्तो प्रभाव पर्ने हो ? प्रश्न खडा भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*