र्यापिड टेस्टमा हेटौंडाका चारको रिपोर्ट पोजेटिभ
हेटौंडामा र्यापिड टेस्टका क्रममा चार जनाको रिपोर्टमा पोजेटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाले आजदेखि े र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट सुरु गरेको कोरोना संक्रमको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।
बिदेशबाट फर्किएर आएका हेटौंडा –४ का चार जना व्यक्तिहरुमा आरडीटी विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको हो ।
उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ । र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपनि उनीहरुमा कोरोना संक्रमित भएको छ की छैन भन्नेकुरा ल्याव टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछी मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । आज हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।
हेटौंडा ४ को बासुदेव सभागृहमा र्यापिड टेस्ट गर्दा साउदी अरवबाट चैत ४ गते हेटौंडा आएका एक जना, भारतको दिल्लीबाट धार्मिक भ्रमण सकेर फर्किएका हेटौंडा ४ कै एक जना, भारतबाटै फर्किएका अर्का एक जना मुस्लीम, हेटौंडा ४ कै व्याङलोरबाट फर्किएका एक जनामा र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको हो । जस मध्य ५० बर्षको एक महिला र २४ बर्ष ३२ बर्ष ६७ बर्षको ३ जना पुरुष रहेका छन् ।
उनीहरु चारै जनाको हेटौंडाको ल्यावमा पीसीआर टेष्ट गर्ने तयारी गरिएको छ ।