कोरोनाबाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु, संक्रमितको संख्या २१ लाखबढी

५ बैशाख २०७७, शुक्रबार १३:०९

विश्वभर महामारीको रुपमा फलिरहेको नोवल कोरोना भारईरस संक्रमणको कारण विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार आज शुक्रबार बिहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४ सय १७ पुगेको छ ।
त्यस्तै, २१ लाख ८० हजार ३ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर अहिलेसम्म पाँच लाख ४६ हजार ७ सय ४३ जना निको भइसकेका छन्।