कोरोनाबाट बेलायतमा गोरखा सैनिकको मृत्यु, मृत्यु हुने नेपालीको संख्या १३ पुग्यो 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १३:३८
;

कोरोनाको संक्रमणबाट बेलायतमा थप एकजना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । यससँगै बेलायतमा मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ । 

पाल्पा घर भएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । उनी लण्डनको न्यू माल्डेनमा बस्दै आएका थिए ।  पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँ सरेका थिए ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*