र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका चारैजनाको परिवार होम क्वारेन्टीनमा

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १४:०३
;

र्‍यापिड टेष्ट कोरोना पोजेटिभ देखिएका चारैजनाका परिवारलाई होम क्वारेन्टीनमा राखिएको छ । डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्ने क्रममा चार जनाको रिपोर्ट पोजिटिभ आएपछी चारैजनाका परिवारलाई होम क्वारेन्टीनमा राखिएको हो । 

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक गरेको कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएका चारै जनालाई हेटौंडा–४ कर्रास्थित आइसोलेसनमा राखिएको छ । चारै जनाको स्वाव टेष्टको रिपोर्ट प्राप्त नहुन्जेल सम्म उनीहरुका परिवारलाई होम क्वारेन्टीनमै राख्न लागिएको जनाईएको छ । 

बिदेशबाट फर्किएका चारजना हेटौंडामा वसोवास गर्दै आएका छन् । हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*