चीनबाट औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल आइपुग्यो  दुई जहाज 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १४:२८
;

चीनबाट अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाइन्सका दुईवटै वाइडवडी जहाज आइपुगेका छन् । गोन्जाओबाट आएका  दुवै जहाज आज बिहान १५ मिनेटको फरकमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज विहिबार साँझ चीनको गोन्जाओतर्फ उडेको थियो ।  

निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*