लकडाउन खुलेको एक हप्ताभित्र परिक्षाको नतिजा सार्वजनिक गर्ने, निजी विद्यालयले परीक्षा नै नलिएको खुलासा
सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको छ । सरकारले लकडाउन खुलेको एक हप्ताभित्र परिक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कोरोनाको जोखिम बढ्दै गएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २० फागुनमै सूचना प्रकाशित गरेर कक्षा ९ सम्मको परीक्षा सकेसम्म चाँडो सम्पन्न गर्नू भनेको थियो । तर मन्त्रालयको निर्देशन अवज्ञा गर्दै प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयले परीक्षा नलिएको खुलेको छ ।
सामुदायिक विद्यालयमा भने परीक्षा भइसकेको र अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोले जानकारी दिएका छन् ।