हेटौंडा अस्पतालको ज्वरो क्लीनिकमा २ सय ८० जना विरामीको जाँच

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १५:४७
;

हेटौंडा अस्पतालको ज्वरो क्लीनिकमा हाल सम्म २ सय ८० जना विरामीको जाँच गरिएको छ । गत चैत २१ गते देखि अस्पतालले संचालन गरेको ज्वरो क्लीनिकमा अहिलेसम्म २ सय ८० जनाको परिक्षण गरिएको हो ।

ज्वरो क्लीनिकका इन्चार्ज डाक्टर हरि बहादुर खड्काले ज्वरो क्लीनिकमा दैनिक रुपमा १५ देखि २० जना विरामीको परिक्षण गर्ने गरेको बताएका छन् । अस्पतालमा उपचार गर्न आएका र गम्भिर खालका ज्वरोका विरामीलाई अस्पतालले हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पठाउने र गम्भिर प्रकृतीका विरामीलाई भने भरतपुर रिफर गर्ने गरेको उनले बताए । 

अस्पतालले ज्वरोका विरामीलाई जाँच गर्नका लागि छुट्टै क्लीनिक सञ्चालन गरेपछी अन्य विरामीको उपचार थप सहज बनेबो उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*