बागलुङकी ६५ वर्षीय वृद्धको कोरोनाको तेस्रो रिपोर्ट नेगेटिभ

बागलुङकी ६५ वर्षीय वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई सातादेखि अस्पतालमा उपचाररत बागलुङकी ६५ वर्षीया ती बृद्धाको तेस्रो पटक को कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना भाइरसको त्रास बढिरहेको वेला कोरोनाबाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया बृद्धाको नेगेटिभ रिपोर्टले अवस्था केहि सहज बनाएको छ ।
संक्रमित वृद्ध गत चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आएकी र चैत २० गते वृद्धमा कोरोना पुष्टि भएको थियो।
संक्रमण पुष्टि भए पछि उनीको बागलुङस्थित धवलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट पनि नेगेटिभ आएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि वृद्धको थप परीक्षणका लागि स्वाब काठमाडौं पठाएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले बताए।
उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ। पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ।











