हेटौंडाका चारै जनाको पिसिआर टेष्ट रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १९:३९
;

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएका हेटौंडाका चारै जनाको पिसिआर टेष्ट नेगेटिभ आएको छ । हिजो बिहिबार आरटिडी पद्धतीमा कोरना परिक्षण गर्दा हेटौडामा चार जनामा पोजेटिभ रिपोर्ट आएको र ति चारै जनाको पिसिआर पद्धतीमा स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका– ४ मा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चार जनाको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटि आउ लगतै उनिहरुलाई हेटौंडा–४ कर्राको आइसोलेशनमा राखेर  थप परिक्षण्का लागि उनिहरुको स्वाब संकलन गरी पिसिआर टेष्ट गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईले बताए ।

बासुदेव सभागृहमा भएको ४० जनाको टेष्ट मध्ये हेटौंडा–४ आफन्तमा आएकी भारतीय ५५ बर्षीय एक महिला,  भारतबाट फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक वृद्ध, हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदीबाट फर्किएका हेटौंडा–४ का ३२ बर्षीय एक युवकको र्यापिड टेष्टमा पोजेटिभ देखाएको थियो । 

उनीहरुको स्वाब परिक्षणको लागि हेटौँडामा रहेको किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्रको प्रयोगशाला पठाईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*