खानपिनको व्यवस्थासहित पैदल यात्रुलाई गन्तव्यमा पुर्याउन प्रदेश ५ सरकारको निर्देशन 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार २०:१७
;

प्रदेश ५ सरकारले विभिन्न क्षेत्रबाट प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै  विभिन्न क्षेत्रबाट घर जान भनी प्रदेश ५ भित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिन नर्देशन दिएको हो । 

प्रदेश सरकारले प्रदेश ५ मा प्रवेश गरेका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । एक सय जनाको लागि व्यवस्था गरिएको छ । 

त्यहाँ मानिसहरुलाई प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिने बताएका छन् । त्यसपछि सबैको विवरण लिएर  जो जहाँका नागरिक हुन् त्यहाँसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने मुख्यमन्त्रीले निर्देशन दिएका छन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*