मकवानपुर कोरोना जोखिममाः जिल्ला भित्रिने नाकामा सेनिटाईज स्प्रे नै छैन, सवारी साधन निर्वाध प्रवेश

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार २२:४८
;

पछिल्लो समय नेपालमा समेत कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन सहित विभिन्न कार्यहरु गर्दै आएको पनि छ । त्यसैगरी प्रदेश सरकार, स्थानीय निकायहरुले समेत यस सम्बन्धि कार्यहरु गरिरहेका पनि छन् । 

यसै क्रममा मकवानपुर जिल्ला प्रशासन कार्यालयको कमाण्ड पोष्टको गत साताको बैठकले जिल्लालाई संक्रमणबाट जोगाउन तराईबाट आउने तरकारी, फलफूललाई आयातमा निषेध गर्नुका साथै, खाद्य पदार्थ लगायत अन्य सामग्री आयात गर्दा नाका मै सेनिटाईज गरेर मात्रै ल्याउन पाईने निर्णय गरेको थियो । 

तर प्रशासन कार्यालयको सो निर्णय भने पूर्ण कार्यान्वयन गर्न भने सकेन । जिल्लाको नाकाहरु रातोमाटे चेक पोष्ट, लोथरमा स्प्रे मेशिन आज सम्म पुगेकै छैन । हेटौंडा उपमहानगरले रातोमाटेमा २ दिनमा एक पटक करीब १ घण्टा मात्रै त्याहाँ आउने सवारीलाई सेनिटाईज गर्ने र अन्य समयमा नगर्ने गरेको त्यहाँ कार्यररत प्रहरीहरुले बताएका छन् ।  कुनैपनि बेला सवारी आउने हुनाले २४ सै घण्टा स्प्रे मेशिन तैनाथ भएमात्र प्रभावकारी हुने बताईएको छ । हेटौंडा उपमहानगरपालिकाले भने, नगरका सबै १९ वटै वडामा एउटै स्प्रे मेशिनले घुम्ती सेवा गर्नु परेकाले सो समस्या आएको बताएको छ । 

प्रशासनले तराई तथा भारतबाट तरकारी, फलफूल ल्याउन निषेध गरेपनि रातको समयमा नाकामा सेनिटाईज नगरी तरकारी फलफूल हेटौंडा भित्रिरहेको छ, भने यसले जिल्लामा संक्रमणको जोखिम समेत बढाएको छ । मकवानपुरमा आजसम्म कोरोना पोजेटिभ देखिएको छैन । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*