कोरोनाको जोखिम क्षेत्र सुदुरपश्चिममा ३४ जना चिकित्सक पठाइयो 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार २२:५१
;

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सकलाई सुदूरपश्चिम प्रदेशमा पठाएको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको प्रदेशमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी ÷एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई प्रदेशमा पठाएको हो ।  

सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । 

चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिने नियमित पत्रकार सम्मेलनमा डा.देवकटोले जानकारी दिएका छन्।  अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*