मस्जिदमा लुकेर बसेका ८ जनामा कोरोना देखियो
उदयपुरमा ८ भारतीयमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाईएको हो ।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित स्वस्थ्यकर्मीहरु मस्जिद पुगेको थियो । उक्त टोलीले लुकेर बसेका १० जनाको स्वाब नमुना लिएको थियो ।
स्वास्थ्यकर्मीहरुले लिएको स्वाब नमुना परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । स्वाब नमुना परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । ८ जनाको कोरोना पोजेटिभ आएको रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।