हेटौंडा उपमहानगरपालिकालाई पिपिई र स्वास्थ्य सामग्री सहयोग 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार २३:४२
;

हेटौंडा उपमहानगरपालिकालाई हिमालय मुटु नेपाल र शिद्धास्थली ग्रामिण सामुदायिक अस्पतालले पीपीइ सेटसहित स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । हिमालय मुटु नेपालका अध्यक्ष डाक्टर अवन गौतम र अस्पतालका अध्यक्ष होमनाथ गौतमले  हेटौंडा उपमहननगरपालिकाका प्रमुख श्री हरिबहादुर महतलाई  स्वास्थ्यका सामाग्री हस्तान्तरण गरेको हो ।

उक्त दुई संस्थाले पीपीइ १० सेट, ग्लोव्स एक हजार थान, मास्क एक हजार २ सय थान, सावुन २ सय ८० थान, वढी वास ४४ थान, अस्पतालका लागि इमरजेन्सी किट, एप्रोन एक सय थान, गाउन १० वटा, चस्मा ८ वटा वुथ टेष्ट ४४ थान र वेटाडिन एक सय ४४ थान मेयर महतलाई हस्तान्तरण गरिएको थियो । यि सामाग्रीहरु हेटौंडाको आइसोलेसन, क्वारेन्टीनसंगै स्वास्थ्यकर्मीलाई प्रयोग गरिने जनाईएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*