पैदल घर हिडेकाको पिडाः सहरमा भोकै मर्नुभन्दा हिडेरै जानु ठिक
लकडाउनको मर्कामा सबैभन्दा बढी दैनिकज्यालादारी मजदुर र श्रमिकहरु परेका छन् । कामको अभावमा अनि भएको खाद्यान्न सकिएपछि उनीहरुको दैनिकी दयनिय बनेको छ । कामको शिलशिलामा सहर पसेका मजदुरहरु अहिले सयौँ किलोमिटर हिडेर आफ्नो गाउँ घर फर्कन थालेका छन् ।
सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गत चैत्र ११ गते देखि देशभर लकडाउन गरेको छ । लकडाउन गरेको आज (शुक्रबार) पच्चिस दिन हो । अहिले देशैभरका राजमार्गमा यस्ता पैदलयात्रुहरु प्रशस्त देखिनछन् ।
लकडाउनको काराण काम नभएर भोकभोकै बस्नुपरेको अवस्थामा जसरी पनि घर आफ्नै घर जानुपर्छ भनेर हिडेको पैदल यात्रुहरु बताउछन् । पाँच दिनअघि वुटवलबाट हिडेकाउनीहरु अब छ–सात दिनमा विराटनगर पुगिनेमा आशामा हिडिरहेका छन् ।
उनीहरुले चाउचाउ र पानीको भरमा दैनिक आठ–दश घण्टा हिडेर रौतहटको चन्द्रनिगाहपुर आइपुगेको बताउँछन् । उनीहरुले बाटोमा जहाँ थकाइ लाग्यो त्यहीँ सुत्ने गरेको तीतो अनुभव सुनाए । उनीहरुले बाटोमा केही गाडीहरु आएपनि नरोकोको भन्दै यस्तोबेला सरकारले पनिश्रमिकहरुलाई वेवास्ता गरेको गुनासो गरे ।
बाटोमा बच्चा बोकेको देखेर कुनै कुनै छोटोदुरी सम्मका लागि ट्रकहरुले चढाए पनि अधिकांस ठाउँमा पैदल नै हिडेर आइपुगेको उनीहरु बताउँछन् । उनीहरुले बाटोमा खानको लागि कोठा बाटै रोटी बोकेको र त्यो सकिएपछि चाउचाउ र चिउरा खाएर हिडिरहेको उनीहरुले सुनाए ।
यसरी पैदलआउनेहरु अधिकांस श्रमिकहरु रहेका छन् । उनीहरु लकडाउनले काम बन्द भएपछि पैसाको अभावमा खान सकिएर भोक भोकै पर्ने अवस्था आएपछि जे पर्ला पर्ला भनेर आफ्नो घरसम्म हिडेरै जान लागेको बताउँछन् ।
यसरी हिडेर आउने अधिकांसको खुट्टाहरु सुन्निएका थिए भने राम्रोसँग बोल्न नसक्ने अवस्थामा उनीहरु रहेका थिए । उनीहरुले पहुँच र पैसा भएकाहरुले लकडाउनमा पनि गाडीको पास बनाएर आफ्नो आफन्तहरुलाई विभिन्न स्थानबाट ल्याइरहेको भन्दै आफुहरु जस्तो श्रमिकको दुःख कसैले पनि नबुझेको दुखेसो गरे ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।