हेटौंडामा उद्धार गरेको भोलिपल्टै फेरि सडकमा, बेसहाराको लागि भने प्रदेश सरकारको १ करोड
मानसिक अबस्था कमजोर रहेका उनलाई हेटौंडा उपमहानगरपालिकाका प्रहरी नायब निरीक्षक नेत्र ढकालको नेतृत्वमा हेटौंडा जिल्ला अस्पताल पुर्याईएको व्यक्ति आज पुनः सडकमै आई पुगेका छन् । हेटौंडा उपमहानगरपालिकाको पहलमा हेटौंडा वडा नम्बर–४ मेनरोडबाट हिजो बिहीबार उद्धार गरिएका थिए ।
तर सम्बन्धित निकायले बेवास्ता गर्दा आज शुक्रबार पुनः सडकमै बेवारिसे भएका छन् । हेटौंडा उपमहानगरपालिकाका प्रहरी नायब निरीक्षक नेत्र ढकालका अनुसार उनलाई स्वास्थ्य जाँच गरेपछि जिल्लामा बेसहाराहरुलाई आश्रय दिईरहेको मानव सेवा आश्रमलाई सम्पर्क गर्दा अस्पतालको पत्र भएमात्र आश्रय दिने जवाफदिएको उपमहानगरपालिकाका प्रहरी नायब निरीक्षक नेत्र ढकालले बताएका छन् । सहारा दिने कोही ननिक्ले पछि आफूहरुले अस्पताललाई नै जिम्मा लगाएर फर्किएको बताएका छन् ।
हेटौंडा अस्पतालले भने, मानसिक रोग विशेषज्ञ नभएकोले सिफारिस पत्र नदिएको दाबी गरेको छ ।
मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानव मुक्त घोषित जिल्ला पनि हो ।
बागमती प्रदेश सरकारले भने यस्ता सहयोगापेक्षी सडक मानव मुक्त गराउने अभियानमा लागेका संघसंस्थालाई १ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाउको छ ।