नेपालमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार ०२:२०
;

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमीत भेटिएका छन् । नेपालमा आज शुक्रबार मात्रै उदयपुरमा १२ र चितवनका दुई गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको पछि हाल नेपालमा संक्रमितको संख्य ३० पुगेको छ ।

शुक्रबार उदयपुरका १२ संक्रमित सबै पुरूष रहेका छन । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा पोजेटिभ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।
उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*