हेर्नुहोस आज शनिबारको राशिफल, श्री पशुपतिनाथले सबैको रक्षा गरुन

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १२:३०
;

आज श्री शाके १९४१ बि.स.२०७७ साल बैशाख ६ गते शनिबार इश्वी सन २०२० अप्रिल १८ तारीख बैशाख कृष्णपक्ष एकादशी तिथी शतभिषा नक्षत्र शुक्ल योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु वरुथिनी एकादशीव्रत विश्व सम्पदा दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनिका निम्ती मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरुको मार्गदर्शनमा जटिलकार्यहरु सम्पादित रहनेछ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भौतिक श्रोत साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) तपाईको कार्यको प्रतिफल अन्य ब्यतिहरुले सहजता पूर्ण ढगमा प्राप्त गर्नेछन । यात्रामा उत्पन्न समस्याका कारण कामकाजको क्षेत्रमा समस्या उत्पन्न हुन सक्नेछ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलिको गलतअर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा साबधानि अपनाउनु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । साजेदारी कार्यको क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । नयाँ कार्यको थालनिका निम्ती जिबन साथीको साथ आवश्यक रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दाजन्यकार्यमा साबधानि अपनाउनु पर्नेछ । सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको स्वास्थमा उत्पन्न समस्या जटिल बन्न सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । धार्मिक क्षेत्रमा सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मान्यजनहरुको मार्गदर्शनमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यको थालनिका निम्ती समय मध्यम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । नयाँ कार्यको थालनि झन्झटिलो हुन सक्नेछ । आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । सभा सम्मेलनजन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेको हुदा बिषेश साबधानि अपनाउनु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*