आजको मौसम पूर्वानुमानः चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १४:०६
;

आज शनिबार देशका केही स्थानमा मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज मध्य र पूर्वका केही स्थानमा बदली भई मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै आज देशको पश्चिम भु–भागका स्थानमा पनि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने समभावना रहेको मौसमबिद्ले जनाएको छन् ।

आज राति पनि देशको पूर्वी भू–भागमा मौसम बदली हुनेछ । साथै राति मध्य तथा पश्चिमी  भू–भागमा पनि बदली भई हल्का पानी पर्न सक्ने जनाइएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*