लकडाउमा पनि रोकिएन बालुवा–ढुङ्गा उत्खनन

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १४:२४
;

लकडाउन अवधिमै नदीजन्य सम्पदा (बालुवा–ढुङ्गा)  अवैध उत्खनन गर्ने पनि सक्रिय देखिएका छन् । पछिल्लोपटक गौशाला नगरपालिकामा पर्ने मरहा नदीमा बालु–ढुङ्गा उत्खनन गर्नेहरुले २५ फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य सम्पदा निकाल्ने क्रम बाक्लिएको छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताए । 

प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*