आईसोलेसनमा ४२ वर्षीय बिरामीको मृत्यु 

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १९:३५
;

आइसोलेसनमा रहेका एक जना बिरामीको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेसनमा रहेका ४२ वर्षका स्माइल बेहनाको बिहान मृत्यु भएको हो । 

बर्दिया जिल्लाका गुलरिया नगरपालिका–१ बढैयाका स्माइल बेहनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.रोमन किदवाईले जानकारी दिएका छन् । 

उनी तीन दिनअघि सिकिस्त बिरामी भइ अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अस्पताल आएका उनको पहिलो दिन नै दम, रुघाखोकी र ज्वरो र लक्षण हेर्दा कोरोनासँग सँग मिल्दोजुल्दो  रहेको किदवाईले बताए । उनी एक डेढ महिना अघि भारतबाट आएको बताइएको छ ।

सिकिस्त बिरामी भए पनि भीटिएमको अभावमा उनको कोरोना जाँच गर्न नसकिएको डा.किदवाइले बताए । शनिबार मृतक बेहनाको स्वाब संकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*