दोस्रो कोरोना संक्रमित घर फर्किइन्
नेपालकी दोस्रो कोरोना संक्रमित युवती आज शनिबार डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
उनी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताईन् ।
पहिलो कोरोना संक्रमितपनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।