देशभरका वनकर्मचारीलाई सुरक्षा सामाग्री

वन्यजन्तुको चोरी सिकारी र हानी नोक्सानी रोक्न देशभरका वनकर्मीलाई वनतथा भु–संरक्षण विभागले सुरक्षा सामाग्री पठाएको छ ।
लकडाउनको समयमा वन क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी रोक्न कर्मचारी परिचालनगर्नुपर्ने भएकाले उनिहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराईएको हो ।
वनतथा भु–संरक्षण विभागले देशभरका ८४ डिभिजन वन कार्यालय मध्ये ४० वटा डिभिजन वन कार्यालयमा सामान पठाएको र अन्य बाँकी ४४ वटा डिभिजन र प्रदेश वन निर्देशनालयका लागि थप खरिद प्रक्रियामा रहेको वन तथा भु–संरक्षणका सहायक वन अधिकृत उत्तम चापागाईंले जानकारी दिए ।
चापागाईं प्रदेश नम्बर १,२ र बागमती प्रदेशका विभिन्न १९ डिभिजनका लागि सामाग्री हस्तान्तरणमा खटिएका छन् । उनका अनुसार ४० वटा डिभिजन वन कार्यालयलाई गस्ती परिचाल नगर्न वन कर्मचारीका लागि प्रत्येक डिभिजनलाई मास्क ५०० थान, वास्एवल पन्जा ४० जोेर, स्यानिटाईजर ४० थान, हेन्डवास १२ थानउपलब्ध गराईएको छ ।
कोरोनाको संक्रमणको जोेखिम रहेका बेला वन तथा वन्यजन्तुको संरक्षणमा खटिएका कर्मचारीका लागि स्वास्थ सामाग्री उपलब्ध हुदा थपकर्मचारी परिचालन तथा वन संरक्षणमा सकारात्मक योगदान पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।
वनका कर्मचारीहरु २४ सै घण्टा सेवामा रहेकाले अझ सक्रियभएर कामगर्न तथा थप स्वास्थ्य सामाग्रीका लागि आफुले पहल गरिरिहेको वन विभागका महानिर्देशक मन बहादुर खड्काले जानकारी दिए ।










