अनुमती बिना गाँउ प्रवेश गरे ३० हजार जरिवाना
हुम्ला एक गाँउमा अनुमति बिना प्रवेश गर्नेलाई ३० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । जिल्लाको चंखेली गाउँपालिका– ६ नम्बर वडा कार्यालयले गाउँमा कोरोना भाइरस संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।
चंखेली– ६ का वडाध्यक्ष भैरव तामाङका अनुसार बाहिरबाट आएकालाई गाउँ प्रवेश गर्न नदिन दैनिक गाउँको मूल गौँडामा पालो लगाएर पहरा दिने गरिएको छ ।
लकडाउनको अवधिभर आ–आफ्नो घरमा दूरी कायम गरी सुरक्षित रूपमा बस्नसमेत स्थानीयलाई अनुरोध गरिएको वडाध्यक्ष तामाङले बताए ।